फाइनलमा नेपाल युएईसँग २७ रनले पराजित

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधि युएईले जितेको छ ।
आज भएको फाइनल खेलमा नेपाललाई २७ रनले हराउँदै आयोजक यूएईले उपाधि हात पारेको हो ।
अजमानस्थित करवान मैदानमा भएको फाइनल खेलमा टस जितेर फिल्डिङ गरेको नेपालसामु युएईले १४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले ३३.२ ओभरमा सबै विकेट गुमाएर जम्मा १२० रन मात्र जोड्यो ।
उपविजेता बनेको नेपाल एशिया कपमा भने छनौट भइसेको छ। यू–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ ।
आजको फाइनलका लागि नेपालले मलेसियालाई ९ विकेटले र युएईले ओमानलाई ८ विकेटले पराजित गरेर फाइनलमा पुगेका थिए ।
नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ ।
प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो ।।






प्रतिक्रिया राख्नुहोस्