सुदूरपश्चिमले दियो विराटनगरलाई १५६ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको पहिलो क्वालिफायर खेलमा अहिले सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङको निम्तो पाएको सुदुरपश्चिमले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १५५ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले अर्धशतकीय पारी खेले ।
यो प्ले अफको पहिलो खेलबाट विजयी एउटा टिम आज फाइनलमा प्रवेश गर्नेछ भने अर्को इलिमिनेटरबाट जितेर आएको टीमसँग खेल्नेछ ।।






प्रतिक्रिया राख्नुहोस्