सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा प्रवेश

काठमाडौँ- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको फाइनमा प्रवेश गरेको छ।
आज भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दे सुदूरपश्चिम फाइनलमा पुगेको हो ।
सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले सबै विकेट गुमाएर जम्मा ७८ रन मात्र बनायो ।
अब इलिमिनेटर राउण्डको विजेतासँग विराटनगरले दोश्रो क्वालिफायर खेल खेल्नेछ ।
इलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स खेल्नेछन।।






प्रतिक्रिया राख्नुहोस्