लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको चुनौति

काठमाडौँ- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
विराटनगर किंग्सले टस जितेर पहिला बलिङ रोजेपछि व्याटिङमा उत्रिएको लुम्बिनीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १३४ रन बनाएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा विराटनगरका कप्तान सन्दिप लामिछानेले टस जितेर पहिला बलिङ रोजेका हुन् ।
विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको थियो । यता लुम्बिनीले एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेसँगै यी दुई टोलीको दोस्रो क्वालिफायरमा भेट भएको हो ।
लिग चरणमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको थियो ।
आजको खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ ।
यसअघि भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगरलाई पराजित गर्दै फाइनलको यात्रा तय गरिसकेको छ ।
सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता हो ।।






प्रतिक्रिया राख्नुहोस्