बिराटनगरलाई ४० रनले पराजित गर्दै लुम्बिनी एनपीएलको फाइनलमा प्रवेश

फाइनलमा सुदूरपश्चिम र लुम्बिनी भिड्ने

काठमाडौँ- लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग(एनपीएल)को फाइनलमा प्रवेश गरेको छ। ।

त्रिवि क्रिकेट मैदानमा आज भएको दोश्रो क्वालिफायर खेलमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको हो ।

लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा बिराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र जोड्न सक्यो ।

अब फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिश्पर्धा हुनेछ ।

एनपीएल दोश्रो संस्करणको फाइनल खेल यही मंसिर २७ गते हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.