फेदिखोलामा घर बास सहितको होमस्टे
स्याङ्जा – गाऊँ आउने पर्यटकको लाभ सबै गाउँले समान रूपमा प्राप्त गरुन् भन्ने उद्देश्यबाट सञ्चालन गरिएको होमस्टेमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । स्याङ्जाको फेदी खोला एक मा रहेको अयरेपानी सामुदायिक होमस्टेमा दैनिक पर्यटकको भिड बढेको छ ।
मौलिक संस्कृति र परिकार अनि नितान्त गाउँले परिवेश यो होमस्टेको विशेषता रहेकाले अहिले होमस्टेमा आन्तरिक पर्यटकहरू उल्लेख्य सङ्ख्यामा पुग्न थालेका छन्। । २०७५ सालबाट सञ्चलनमा आएको होमस्टेबाट प्राप्त हुने लाभ सबैले सामान रूपमा प्राप्त गरुन् भन्ने उद्देश्यले होमस्टे सञ्चालन गरिएको छ । होमस्टेमा आउने पाहुनालाई अर्ग्यानिक खाना तथा उत्तरमा दर्जनौँ हिमालको अवलोकन गर्न पाइने भएका कारण पर्यटकको रोजाई बनिरहेको छ ।
गुरुङ समुदायको बसोबास रहेको गाउँमा अहिले पनि मौलिक गुरुङ संस्कार र संस्कृति जीवन्त रहेका छन् । यसको संरक्षण र प्रर्वद्र्धनमा होमस्टे वाट पनि महत्त्वपूर्ण भुमिका खेलेको छ । स्थानीय मौलिक संस्कृति र परिकारसँग होम स्टे अर्थात् घर बास लाई जोडेको कारण नै अन्यत्र भन्दा यहाँको बसाइँमा पर्यटकहरूले फरक अनुभूति गर्ने गरेका छन् ।
सिद्धार्थ राजमार्गको कुभिन्डे देखि ७ किलोमिटर दुरीमा पुगीने होमस्टेमा एक पटक पुगेका पर्यटकले नै प्रचार प्रसार गरिदिने भएकाले होमस्टे दिन दिनै फस्टाउँदै गएको छ । स्थानीयको प्रयासबाट सञ्चालित होम स्टेको थप प्रर्वद्वनमा सरकारी र गैर सरकारी क्षेत्रबाट समेत हातेमालो हुने हो भने यो देशकै नमुना होम अर्थात् घर बास हुने स्थानीयको विश्वास रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्