नेपाल तीन वटै खेल हारेर समूह चरणबाटै बाहिरियो

 काठमाडौँ- एसीसी यु-१९ एशिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ ।

आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा पनि नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो ।

योसँगै नेपाली युवा टोलीले जितविहीन हुँदै एसीसी यु-१९ एशिया कप क्रिकेट प्रतियोगिताको यात्रालाई टुंग्याएको छ ।

दुवाईमा नै भएको एसीसी प्रिमियर कपको उपविजेता बन्दै एशिया कपका लागि छानिएको नेपालको यु-१९ टोलीले एशिया कपमा त्यहि लय कायम राख्न नसक्दा लगातार तीन खेलमा पराजय व्यहोरेको हो ।

समूह बी मा रहेको नेपाली युवा टोलीको ब्याटिङ र बलिङ दुबैमा अपेक्षित प्रदर्शन हुन सकेन् ।

यसअघि पहिलो खेलमा नेपाल श्रीलङ्कासँग आठ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग सात विकेटले पराजित भएको थियो ।

आज टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै मात्रै १२४ रनमा अलआउट भयो ।

नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए ।

त्यस्तै चन्दन रामले २७ रनको योगदान दिए भने अभिषेक तिवारीले २० रन जोडे ।

अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

जितका लागि एक सय २५ रनको सामान्य लक्ष्य पछ्याएको अफगानिस्तानले २६.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.