आठौँ बागलुङ महोत्सव सुरु

गलकोट (बागलुङ)- आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ नगरपालिका-१ रामरेखास्थित बाङ्गेचौर खेल मैदानमा आज झाँकी तथा बाजागाजासहित नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महोत्सव उद्घाटन गर्नुभयो ।
‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले बताउनुभयो ।
पर्यटन प्रवर्द्धन, जिल्लाको विकासमा महोत्सवले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । महोत्सवमा करिब १० लाखले अवलोकन गर्ने र १० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव यही पुस २१ गतेसम्म सञ्चालन हुनेछ ।






प्रतिक्रिया राख्नुहोस्