खेलाडीलाई आर्थिक तथा व्यावसायिक सहयोग गर्ने प्रतिबद्धता

काठमाडौँ- नेपाली क्रिकेटलाई थप मजबुत बनाउने उद्देश्यसहित ९ जना नेपाली क्रिकेट खेलाडीसँग माया ग्रुपले प्रायोजन सम्झौता गरेको छ ।

माया ग्रुपले राष्ट्रिय टोलीका स्थापित तथा उदीयमान खेलाडीलाई आर्थिक तथा व्यावसायिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको हो । सम्झौता दुई वर्षका लागि भएको जनाइएको छ ।

सन् २०१८ मा स्थापना भएको माया ग्रुप हाल नेपाल र बेलायतमा सक्रिय छ। प्रायोजन सम्झौतामा नेपाली राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित भीम सार्की, गुलशन झा, नन्दन यादव, अर्जुन साउद, रिजन ढकाल, यू-१६ क्रिकेट खेलेका प्रसिद्ध जैसी, सुशील रावल तथा नेपाली यू–१९ महिला टोलीकी उपकप्तान सोनी पाख्रिन समावेश छन् ।

कार्यक्रममा माया क्रिकेट क्लवका कार्यकारी निर्देशक राज पाण्डेले नेपालमा क्रिकेटको बिकास र प्रबर्धनका लागि आफुले सक्दो प्रयास गर्ने बताउनु भयो ।

प्रायोजन समूहले व्यवसायसँगै नेपाली क्रिकेट र खेलकुद विकासमा दीर्घकालीन योजनाअन्तर्गत प्रायोजन तथा ग्रासरुट कार्यक्रम मार्फत सहयोग गर्दै आएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.