अमेरिकी कारबाहीको विरोध गरे भेनेजुएलाले ठूलो मूल्य चुकाउनुपर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कार्वाहीको विरुद्धमा उत्रिए ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी भेनेजुएलाकी नयाँ राष्ट्रपतिलाई दिनुभएको छ।
भेनेजुएलाकी राष्ट्रपति डेल्सी रोड्रिगेजले शपथ लिनपूर्व ट्रम्पको सो चेतावनी आएको हो ।
नवनियुक्त राष्ट्रपति रोड्रिगेजले आफ्नो नेता मादुरो र उहाँकी श्रीमतीलाई रिहा गर्न भन्दै अमेरिकी कदमको चर्को आलोचना गर्नुभएको छ । तर अमेरिकाले भने मादुरोको कार्यकालमा भेनेजुएलाका नागरिकले दुख पाएको भन्दै अब विकास र प्रगतिको बाटो खुलेको दावी गर्दै आएको छ ।
यसैगरी, अमेरिकाले भेनेजुएलामाथि कूटनीतिक र आर्थिक दबाब कडा बनाउँदै लगेको छ । भेनेजुएलाको अन्तरिम नेतृत्वले आगामी दिनमा लिने कदमहरूलाई अमेरिकाले ध्यानपूर्वक मूल्याङ्कन गर्ने र त्यसअनुरुपको नीति अमेरिकाले लिने जनाएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलासँग सम्बन्धित नीतिगत निर्णयमा सबै विकल्प खुला राख्ने नीति अपनाउने बताउनुभयो ।
यता भेनेजुएलाका कार्यवाहक राष्ट्रपति रोड्रिगेजले भने अमेरिकी कारबाहीप्रति आपत्ति जनाउँदै राष्ट्रपति मदुरो र उहाँकी पत्नीलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ ।
अमेरिकी कदमप्रति अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका छन् ।
धेरै देशहरूले एक सार्वभौम राष्ट्रमाथि गरिएको बल प्रयोगप्रति असहमति जनाउँदै शान्तिपूर्ण समाधानको आह्वान गरेका छन् ।
युरोपेली सङ्घ ईयुले भेनेजुएलामा थप तनाव बढ्न नदिन सबै पक्षलाई ‘शान्ति र संयम’ अपनाउन आग्रह गरेको छ ।
शनिबार अमेरिकाले भेनेजुएलामा गरेको सैन्य कारबाहीपछि हाल भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उहाँकी पत्नी न्यूयोर्कको हिरासतमा हुनुहुन्छ ।।






प्रतिक्रिया राख्नुहोस्