विश्वकप खेल्ने १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा

शेर मल्ल पहिलो पटक राष्ट्रिय टोलीमा

काठमाडौँ- भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।

पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका उदीयमान खेलाडी शेर मल्ल पहिलोपटक नेपालको सिनियर टोलीमा समावेश भएका छन् ।

यस्तै बसिर अहमद पनि नेपालको विश्वकप टोलीमा परेका छन् ।

नेपालको टोलीमा कप्तान पौडेलसहित, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने रहेका छन् ।

त्यसैगरी नन्दन यादव, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा विश्वकपका लागि समावेश छन् ।

टोलीमा राष्ट्रिय टोलिका नियमित सदस्य कुशल मल्ल भने परेका छैनन् ।

तेस्रो पटक टी-२० विश्वकप खेल्दै गरेको नेपाल विश्वकपमा समूह ‘सी’ मा परेको छ ।

कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेका छन् ।

नेपालले इङ्ल्याण्ड विरुद्ध माघ २५ गते पहिलो खेल खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ ।

कुल ५५ खेल हुने विश्वकपको फाइनल फागुन २४ गते हुनेछ ।

नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.