नेपाल इटलीसँग १० विकेटले पराजित

काठमाडौँ- आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत इटालीसँगको खेलमा नेपालल पराजित भएको छ।
नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो ।
नेपालले आज व्याटिङ र बलिङ दुबैमा कमजोर प्रदर्शन गर्यो ।
टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले एक सय २३ रनको योगफल बनाएको थियो।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर एक सय २३ रन मात्र जोड्न सक्यो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । यस्तै, रोहित पौडेलले २३ र आसिफ शेखले २० रन बनाए भने दीपेन्द्रसिंह ऐरी १७ रनमा आउट भए । करण केसी १८ रनमा अविजित रहे ।
इटालीका बलरमध्ये क्रिशान कालुगामागेले चार ओभरमा १८ रन दिँदै तीन विकेट लिए । यस्तै, बेन मानेन्टीले नौ रन खर्चेर दुई विकेट झारे भने जसप्रीत सिंह र जे जे स्मट्सले समान एक÷एक विकेट लिए ।
पावरप्लेमा नेपालले एक विकेट गुमाएर ४५ रन बनाएको थियो, तर मध्यक्रममा लगातार आउट भएपछि ठूलो स्कोर बनाउन सकेन ।।






प्रतिक्रिया राख्नुहोस्