आईसीसी टी-२० विश्वकप क्रिकेट: नेपाल समुह चरणबाटै बाहिरियो

काठमाडौँ- भारत र श्रीलंकामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ ।
लगातार तीन जितपछि वेस्ट इन्डिज सुपर एटमा पुग्ने पहिलो टिम बन्दा लगातार तीन हार बेहोरेको नेपाल समूह चरणबाट बाहिरिने दोस्रो टोली बनेको छ । १ सय ३४ रनको लक्ष्य पछ्याएको वेष्ट ईण्डिज १५ ओभरमा मात्र १ विकेटको क्षतिमा पुरा गर्यो ।
यसअघि नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो । नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले वेस्ट इन्डिजविरुद्ध अर्धशतक बनाए । बलिङमा ज्यासन होल्डरले सर्वाधिक ४ विकेट लिए ।
नेपाल यसअघि इंग्ल्यान्डसग ४ रन र इटलीसँग १० विकेटले पराजित भएको थियो । समूह सी मा वेस्ट इन्डिज अपराजित रहँदै ६ अंक जोडेर शीर्ष स्थानमा छ । दुई जित र एक हारबाट इंग्ल्याण्ड ४ अंकसहित दोस्रो स्थानमा छ ।
समान २ अंक जोडेका स्कटल्याण्ड र इटली क्रमश: तेस्रो र चौथो स्थानमा छन् ।
नेपाल लगातार तीन हारपछि यस समूहमा अंकविहिन छ ।
अब नेपालले समुहको अन्तिम खेलमा मंगलबार स्कटल्याण्डको सामना गर्नेछ ।
यो खेल जारी विश्वकपमा नेपालका लागि प्रतिष्ठाको लडाईँ मात्र हुनेछ ।।






प्रतिक्रिया राख्नुहोस्