लुम्बिनीका मतदाताको प्राथमिकतामा गुणस्तरीय शिक्षा

रुपन्देही- रुपन्देहीको क्षेत्र नम्बर ५ भगवान बुद्धको जन्मस्थल लुम्बिनीदेखि उत्तर सैनामैनासम्म फैलिएको छ । मिश्रित समुदाय र भुगोलले घेरिएको रुपन्देही ५ मा ५ वटा पालिकाका ३२ वडा समाबेश रहेका छन् ।

चर्चाको हिसावले लुम्बिनी सास्कृतिक नगरपालिका बिश्वमै चर्चामा रहेपनि शिक्षामा भने निकै कमजोर अबस्थामा रहेको छ । यहाँका मतदाताले शिक्षाको गुणस्तर र उच्च शिक्षामा ध्यान दिन सक्ने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् ।

५ वटा पालिका सम्मेलित रुपन्देहीको क्षेत्र नम्बर ५ मा लुम्बिनी सास्कृतिक नगरपालिका भित्रका १० वटा वडा पर्दछन् । पर्यटकीय र पुरातात्विक हिसावले लुम्बिनी बिश्वमाझ परिचित रहेको छ । तर, शिक्षाका हिसावले हेर्ने हो भने नगरपालिका क्षेत्र भित्रको अबस्था निकै कमजोर रहेको छ ।

यहाँका मतदाताले उच्च शिक्षाको पहुंच र गुणस्तरीय शिक्षा दिलाउन पहल गर्ने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् ।

लुम्बिनी साँस्कृतिक नगरपालिका पडरियाका राजदीप सिंह क्षेत्रीले नगरपालिका भित्र बिद्यालय तहदेखि उच्च शिक्षाका लागि गुणस्तरिय शिक्षा उपलब्ध हुन नसक्दा बिद्यार्थीहरु बुटवल तथा भैरहवा जानु परेको बताउनु भयो । उहाँले मत माग्नु आउने सांसदका उम्मेदवारहरुलाई शिक्षा सुधारको एजेण्डा लिएर आउन आग्रह गर्नुभयो ।

त्यस्तै लुम्बिनीकै सुनिता हरिजनले गुणस्तरीय शिक्षामा जोड दिने उम्मेदवारलाई युवा बिद्यार्थीले मत दिने बताउनु भएको छ । लुम्बिनी क्षेत्रमा स्तरिय शिक्षा नहुँदा यहाँका बिद्यार्थीको उत्तिण दर निकै कमजोर रहेको भन्दै शिक्षा सुधारमा बिशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

लुम्बिनी सास्कृतिक नगरपालिका भित्र ३२ बटा सामुदायिक, २९ वटा संस्थागत, ३८ वटा परम्परागत तथा धार्मिक र ८ वटा सामुदायिक सिकाई केन्द्र गरी १०७ वटा शैक्षिक सस्था रहेका छन् । यहाँ एउटा स्नातक सम्म अध्ययन हुने क्याम्पस रहेको छ ।

बिद्यालय संख्याका हिसावले माथि रहेपनि शैक्षिक गुणस्तर र उत्तिण दरमा भने लुम्बिनी सास्कृतिक नगरपालिका निकै तल रहेको छ ।

यस पालिकामा मात्रै ३४६ जना बालबालिका अहिले पनि बिद्यालय बाहिर रहेका छन् ।

लुम्बिनी सास्कृतिक नगरपालिकाका शिक्षा शाखा प्रमुख हरीप्रसाद ज्ञवालीले शिक्षक दरबन्दी, अभिभावकमा चेनताको अभाव लगाएतका कारण शैक्षिक गुणस्तर चाहे अनुरुप सुधार हुन नसकेको उल्लेख गर्नुभयो ।

२०८१ सालको नजिता अनुसार लुम्बिनी सास्कृतिक नगरपालिका भित्र आधारभुत तर्फ ७८ दशमलव ७८ प्रतिशत उत्तिण हुदा माध्यामिक तह अर्थात कक्षा १० मा ४० दशमलव ३७ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

रुपन्देही-५ मा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका उम्मेदवारहरुले शिक्षा क्षेत्रको समग्र बिकासको मुद्धालाई पहिलो प्राथमिकता राखेर अगाडि बढेको बताउनु भएको छ ।

मानिसको चेतनामा बिकास गर्न सके समाज र देश बिकास गर्न सकिने भएकाले शिक्षा क्षेत्रको बिकास गर्ने एजेण्डा कार्यन्वयनमा बिशेष जोड दिनुपर्ने देखिन्छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.