विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

काठमाडौँ- प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना स्वीडिस नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा राहदानी नम्बर एए ३८४६४९१ की ५१ वर्षीया स्वीडिस नागरिक कुन्चोक खान्ड्रो रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुन्डीराज नेउपानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सिचुआन एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट चाइना जान लागेकी निज यात्रु स्वीडिस नागरिकले खैरो रङको साइड ब्यागभित्र विदेशी मुद्राहरू लुकाइ–छिपाइ लैजान लागेका अवस्थामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय प्रस्थान कक्षबाट पक्राउ गरिएको हो ।”

प्रहरीले निजको साथबाट युएस दश हजार ५००, युरो २६ हजार ७००, चिनियाँ युआन सात हजार ४०० तथा फेम हुन्ड्रा क्रोनर–स्वीडेन ४३ हजार बरामद गरेको जनाएको छ ।

पक्राउ परेकी निज स्वीडिस नागरिकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको सूचना अधिकारी नेउपानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.