मतदाता सूचीमा नाम भए निम्म सरकारी कागजात देखाए पनि मतदान गर्न पाइन्छ

काठमाडौँ- निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचय पत्र नभएका वा नसिकएकाहरुका लागि विभिन्न छ प्रकारका कागजात देखाएको आधारमा मतदान गर्न ब्यवस्था गरेको छ ।
आयोगले मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मतदान गर्न जाँदा सामान्यतया आफूसँग भएको मतदाता परिचयपत्र साथमा लिएर जानुपर्ने त्यो नभएको अवस्थामा नागरकता राष्ट्रिय परिचयपत्र लगायत विभिन्न ६ कागजातले मतदान गर्न सक्ने ब्यवस्था गरिएको बताएको हो ।
आयोगका अनुसार मतदाता परिचयपत्र नभएको वा नस्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइने छ ।






प्रतिक्रिया राख्नुहोस्