निर्वाचनको मिति नजिकिदै गर्दा प्रचार प्रसार अभियानलाई तिब्र बनाउँदै दलहरु

काठमाडौँ- मतदानको दिन नजिकिँदै गर्दा चुनावी प्रचार प्रसार आमसभा र घरदैलो कार्यक्रमलाइ राजनीतिक दलहरुले तिब्र बनाउँदै लगेका छन् ।

दलका शीर्ष नेताहरु एकै दिन विभिन्न फरक फरक जिल्लामा भएका चुनावी सभाहरुलाई सम्बोधन गर्न भ्याइ नभ्याइ छ । उम्मेदवारहरुले घरदैलो अभियानलाई पनि तिव्रता दिएका छन् ।

यसै बीच निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि आवश्यक सम्पूर्ण तयारी र तथ्याङ्कीय व्यवस्थापन सम्पन्न गरेको जनाएको छ ।

फागुन २१ गते हुने निर्वाचनका लागि मुलुकभर कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम भएका छन् । मतदातामध्ये पुरुषको सङ्ख्या ९६ लाख ६३ हजार ३५८ र महिलाको सङ्ख्या ९२ लाख ४० हजार १३१ रहेको छ भने अन्य मतदाता २०० जना रहेका छन् । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कुल तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन् ।

त्यसै गरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल तीन हजार १३५ उम्मेदवार रहेका छन् । निर्वाचन सम्पन्न गर्न मुलुकभर १० हजार ५६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् ।

साथै, एक लाख ४३ हजार अस्थायी मतदान स्थलको समेत व्यवस्था गरिएको छ । भयरहित वातावरणमा स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन सात लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको आयोगले जनाएको छ । निर्वाचनमा दुई लाख ४५ हजार कर्मचारी खटिने र ४२ ओटा पर्यवेक्षक संस्थाले अनुगमन गर्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ६५ राजनीतिक दल र समानुपातिकतर्फ ६३ दल निर्वाचनमा सहभागी छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.