दुबाई, दोहा, बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अखडामा इरानको आक्रमण
काठमाडौँ- इरानले मध्यपूर्वका केही देशहरुमा आक्रमण गरेको छ।
अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि आक्रमण गरेलगत्तै इरानले प्रत्याक्रमण सुरु गरेको हो ।
इरानले दुबाई, दोहा, बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अखडामा एकैसाथ आक्रमण गरेको हो ।
बीबीसीका अनुसार दुबाईमा विष्फोटनको ठूलो आवाज सुनिएको र केही मानिसहरु घाइते भएका छन ।
बहराइन र कुवेतमा पनि विष्फोटनपछि धुवाँ र आगोको मुस्लो शहरमा देखिएको स्थानीयलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
यी देशहरुमा अहिले इमरजेन्सी साइरन बजेको र नागरिकलाई सुरक्षित रहन घरभित्रै बस्ने आग्रह गरिएको छ ।
अमेरिका र इजरायलको क्षेप्याष्त्र आक्रमणबाट इरानमा ५३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। मानवीय क्षतिको एकिन विवरण आइनसकेको भएपनि ठूलो संख्यामा मानिसहरु हतहत भएको समाचार संस्थाहरुले जनाएका छन ।।






प्रतिक्रिया राख्नुहोस्