मध्यपूर्वमा नेपालीहरूको सुरक्षामा विशेष सतर्कता अपनाउन थापाको आग्रह
काठमाडौँ — नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षामा विशेष सतर्कता अपनाउन आग्रह गर्नु भएको छ ।
सभापति थापाले सामाजिक संजालमा वक्तव्य जारी गर्दै थापाले विभिन्न देशहरूमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा अवस्था झन संवेदनशील बनेको उल्लेख गर्नु भएको हो । उहाँले वर्तमान परिस्थितिबारे सुसूचित रहन र आवश्यक सुरक्षा सावधानी अपनाउन सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गर्नु भएको छ ।
त्यस्तै, थापाले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित देशस्थित नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न आग्रह गर्नु भएको छ ।
मध्यपूर्व क्षेत्रमा देखिएको पछिल्लो तनावका कारण वैदेशिक रोजगारी तथा अन्य प्रयोजनले त्यहाँ बसोबास गर्दै आएका नेपालीहरूको सुरक्षाबारे चासो बढेको छ।






प्रतिक्रिया राख्नुहोस्