सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ- स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ ।
आइतबार सुन प्रतितोला तीन लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज बढेर तीन लाख २६ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदी आइतबार प्रतितोला पाँच हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएकोमा आज प्रतितोला छ हजार २० रुपैयाँमा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस पाँच हजार ३६२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।






प्रतिक्रिया राख्नुहोस्