कास्की-३ मा रास्वपाकी बिना गुरुङ विजयी

काठमाडौँ- कास्की-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बिना गुरुङ विजयी हुनुभएको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुरुङ ३७ हजार ७५० मत सहित विजयी बन्नुभएको  हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत प्राप्त गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित गुरुङ सफल व्यवसायी, समाजसेवी र कुशल लगानीकर्ता हुनुहुन्छ ।

पार्टीको प्रदेश कोषाध्यक्षसमेत रहनु भएकी गुरुङको जन्म २०२९ सालमा भएको हो ।

उहाँले सञ्जीवनी दिदीबहिनी संघ नेपालको संस्थापक अध्यक्ष, तमु धिँ नेपालको केन्द्रीय सदस्य, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीकी पूर्व अध्यक्षलगायत विभिन्न सामाजिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको छ ।

पञ्चासे केबलकारको सञ्चालक समिति सदस्य र गोल्डेन साकोसकी उपाध्यक्षसमेत रहनु भएकी उहाँ व्यवसायिक क्षेत्रमा पनि सक्रिय हुनुहन्छ।

विशेषगरी उहाँले पोखरालाई आधार क्षेत्र बनाउँदै महिला सशक्तीकरण,आर्थिक आत्मनिर्भरता र नेतृत्वमा महिलाको पहुँच विस्तारलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै आउनु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.