दैलेख-१ बाट नेपाली काँग्रेसकी बासना थापा विजयी

दैलेख- दैलेख क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार थापा १२ हजार ३७२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रबीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गर्नुभएको छ ।

दैलेख सदरमुकाममा रहेको होटेल पार्किङकी सञ्चालक बासना २०७४ सालमा नारायण नगरपालिकाको उपप्रमुखमा पराजित हुनुभएको थियो ।

नेविसंघको राजनीतिबाट होमिनुभउकी थापा नेपाली सिने जगत्‌की लोकप्रिय नायिका विपना थापाकी बहिनी हुनुहुन्छ ।

विगतमा कांग्रेसले दैलेखमा गरेको विकासलाई नै आफ्नो चुनावी एजेन्डा बनाएर चुनावी मैदानमा उत्रिएकी बासनाले १२ बर्षपछि नेपाली काँग्रेसको झण्डा दैलेख-१ मा फहराउन सफल हुनुभएको हो ।

यो निर्वाचनमा अहिलेसम्म विजयी भएका काँग्रेसका उमेदवारमध्ये बासना एकमात्र विजयी महिला हुनुहुन्छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.