भक्तपुरमा नेमकिपाको विरासतलाई भत्काउँदै रास्वपाका रुकेश रञ्जित विजयी

भक्तपुर- भक्तपुर-१ मा रास्वपाका रुकेश रञ्जित निर्वाचित हुनुभएको छ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललाई पाँच हजार २८९ मतले पछाडि पारी रास्वपाका रुकेश रन्जित विजयी हुनुभएको हो ।

रास्वपाका रञ्जितले ३३ हजार ४३६ मत ल्याउँदा नेमकिपाका सुवालले २८ हजार १४७ मत प्राप्त गर्नुभयो ।

नेमकिपाको किल्लाको रुपमा चिनिएको भक्तपुर-१ मा रास्वपा रञ्जितको विजयले पुराना दलहरुलाई एकपटक फेरि झस्काइदिएको छ । ४६ बर्षीय रञ्जित स्थानीय युवा पुस्ताका माझ निकै लोकप्रिय मानिनुहुन्छ ।

२० वर्षको सफल व्यवसाय र अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नुभएका रञ्जितले ‘रगतदान’ नेतृत्वको नेतृत्व गरेर सेवा गर्दै आउनुभएको थियो ।
 रास्वपा भक्तपुरका सचिव रञ्जित अटोमोवाइल्स व्यवसायी पनि हुनुहुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.