पर्वतमा रास्वपाका सागर भुसाल विजयी

पर्वत- एक मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा रास्वपाका सागर भुसाल विजयी हुनुभएको छ ।

मत परिणामअनुसार रास्वपाका उम्मेदवार भुसालले २६ हजार ५६१ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले १५९५४ मत प्राप्त गर्नुभएको छ।

पर्वत जिल्ला निवासी भुसाल प्रतिनिधिसभामा निर्वाचित भएका नयाँ अनुहार हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका भुसाल पर्वत क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन्।

वि.सं. २०३८ साउन २९ गते जन्मिएका भुसाल राजनीतिमा आउनुअघि स्थानीय स्तरमा सामाजिक गतिविधि र व्यवसायमा सक्रिय हुनुहुन्थ्यो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.