बझाङबाट नेकपा एमालेका ऐन बहादुर महर विजयी

बझनाङ- प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङ जिल्ला निर्वाचन क्षेत्र नं १ बाट नेकपा एमाले पार्टीका ऐन महर निर्वाचित हुनुभएको छ ।
उहाँले १८ हजार ५४३ मत प्राप्त गर्नुभएको छ ।
उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गर्नुभएको छ ।
४१ बर्षीय एमालेका नेता महर अनेरास्ववियुबाट राजनीतिमा आउनुभएको हो ।
अघिल्लो निर्वाचनमा बझाङबाट झिनो मतान्तरले पराजित महर यसपटक भने निर्वाचित हुनुभयो ।
एमालेभित्र उहाँ खरो स्वभावको युवा नेताको रुपमा चिनिनुहुन्छ ।



प्रतिक्रिया राख्नुहोस्