सप्तरी-४ बाट रास्वपाका साह विजयी

सप्तरी-सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सीताराम साह विजयी भएका छन् ।
उनले ३६ हजार ४ सय १२ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचित भएका साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजुलाल चौधरीले १३ हजार १ सय ३ मत प्राप्त गरे ।
कांग्रेसका उम्मेदवार चौधरी सप्तरी क्षेत्र ४ बाट यसअघि तीन पटक लगातार निर्वाचित भएर मन्त्री बनेका थिए । साहले २३ हजार ३ सय ९ मतको फराकिलो मतान्तरले चौधरीलाई पराजित गरे ।





प्रतिक्रिया राख्नुहोस्