सिन्धुली-१ बाट रास्वपाका धनेन्द्र कार्की विजयी

काठमाडौँ- सिन्धुली-१ बाट रास्वपाका धनेन्द्र कार्की विजयी हुनुभएको छ। उहाँले १६६५९ मत प्राप्त गर्नुभएको छ। कार्कीका निकटतम् प्रतिद्वन्द्वी प्रदिप कुमार कटुवाल क्षेत्री (केसी) ले १५८७५ मत प्राप्त गर्नुभएको छ ।

वि.सं. २०४३ साल चैत १२ गते सिन्धुलीको तीनपाटन गाउँपालिकामा जन्मिनुभएका धनेन्द्र कार्की यातायात क्षेत्रमा ११ वर्षको अनुभव राख्नुहुन्छ। उहाँ ग्रामीण सडक निर्माण कार्यमा समेत सहभागी हुँदै आउनुभएको छ।

१२ कक्षा उत्तीर्ण कार्की पारदर्शिता, भ्रष्टाचारमुक्त राजनीति र उद्यमशीलता प्रवर्द्धनका अभियानमा सक्रिय रहँदै आउनुभएको छ।

श्रमिकलाई उचित ज्याला सुनिश्चित गर्ने तथा बजार नियमनमार्फत उपभोक्ता संरक्षण गर्ने विषयलाई उहाँले प्राथमिकतामा राख्नुभएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.