सिन्धुली-२ बाट रास्वपाका आशिष गजुरेल विजयी

काठमाडौँ- सिन्धुली-२ बाट रास्वपाका आशिष गजुरेल निर्वाचित हुनुभएको छ । गजुरेल १७९४० मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ दाहालले १४७८० मत प्राप्त गर्नुभयो ।
विक्रम संवत् २०३८ साल वैशाख २ गते सिन्धुलीको कमलामाईमा जन्मिनु भएका आशिष गजुरेल यातायात अर्थतन्त्र (Transport Economics) र आपूर्ति व्यवस्थापन (Supply Chain) मा दख्खल राख्नुहुन्छ।
सडक सुरक्षा विज्ञ तथा यातायात बेथितिविरुद्धका प्रखर तथा लेखनमा उत्तिकै रुचि राख्ने गजुरेल राष्ट्रिय गौरवका आयोजनाहरूका कुशल रणनीतिकार र प्राविधिक नेतृत्वकर्ता मानिनुहुन्छ ।।






प्रतिक्रिया राख्नुहोस्