कञ्चनपुर–१ मा रास्वपाका धामी निर्वाचि

दोधारा चाँदनी (कञ्चनपुर)- प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनकसिंह धामी २४ हजार ३३२ मतसहित निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार धामीले १३ हजार २२२ मतले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बिना मगरलाई पछि पार्दै विजयी हुनुभएको हो । उहाँले ११ हजार ११० मत प्राप्त गर्नुभयो ।

यस्तै नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्यायले आठ हजार ४६७ मत प्राप्त गर्नुभयो । यस्तै, नेकपा (एमाले) का तारालामा तामाङले आठ हजार ८८ मत प्राप्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिल्लीबहादुर शाहीले एक हजार ५६० मत प्राप्त गर्नुभयो । यो क्षेत्रमा कुल एक लाख एक हजार ७२४ मतदाता रहेकामा ६१ हजार ७४ मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.