मोरङ-३ बाट रास्वपाका गणेश कार्की विजयी

मोरङ– मोरङ-३ बाट रास्वपाका गणेश कार्की विजयी हुनुभएको छ । उहाँले ३६ हजार ९ सय २४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी निवर्तमान सांसद नेपाली कांग्रेसका सुनिल कुमार शर्माले २४ हजार ३ सय ५४ मत प्राप्त गर्नुभएको छ ।
नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सेस (Norwegian University of Life Sciences) बाट International Environmental Studies मा स्नातकोत्तर अध्ययन गर्नु भएका ४० बर्षीय कार्की सामाजिक अभियान्ताको रुपमा चिनिनु हुन्छ ।
मोरङको पथरी शनिश्चरेका उहाँ चलचित्र लेखकसमेत हुनुहुन्छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर पदका उम्मेदवार हुँदा उहाँले बालेन शाहको प्रचार अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो।
शाह निर्वाचित भएपछि पनि उहाँले कुनै पद नलिई सहयोगी भूमिकामै रहनु भएको थियो।
त्यसैगरी, पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ मन्त्री हुँदा उहाँले नीति निर्माण प्रक्रियामा सहयोगी भूमिका खेल्नु भएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक केन्द्रीय सदस्यसमेत रहनुभएका कार्की २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक सूचीमा रहे पनि सांसद सूचीमा अटाउनु भएन् ।
उहाँ नीति तथा प्रशासन सुधार, वातावरण संरक्षण, शिक्षा र स्वास्थ्य सेवासम्बन्धी पहलमा सक्रिय रहँदै आउनु भएको छ।
राजनीतिक नेतृत्व र पार्टी संगठनमा सबल भूमिका खेल्दै आउनु भएका उहाँ सार्वजनिक नीति, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धनमा लाग्दै आउनु भएको छ ।।






प्रतिक्रिया राख्नुहोस्