पश्चिम नवलपरासी–१ बाट रास्वपाका विक्रम खनाल विजयी

काठमाडौँ- नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतगणनाअनुसार उहाँले ४५ हजार २४१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार विनोदकुमार चौधरीले ९५०२ मत प्राप्त गर्नुभएको छ ।
विक्रम खनाल २०२७ साल जेठ २४ गते नवलपरासीको भुताहामा जन्मनु भएको हो ।
लामो समय नेपाली काँग्रेसको राजनीति गरेका खनालले २०८२ को निर्वाचनमा अन्तिम समयमा रास्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट ल्याएर चुनाव लडनु भएको थियो ।
नेपाल विद्यार्थीसंघको राजनीतिबाट सुरु भएको राजनीतिक यात्रामा रास्वपा मार्फत संसदको ढोका खुला गराउन सफल खनाल २०७० सालमा संविधान सभा सदस्यको निर्वाचित सदस्य समेत हुनुहुन्छ।
जिल्लाको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको निर्वाचन लड्न कांग्रेस नेता विनोद चौधरीले टिकट ल्याएपछि असन्तुष्ट बन्नु भएका खनाल अन्तिम समयमा आएर रास्वपाबाट चुनाव लड्नुभएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्