सर्लाही-४बाट काँग्रेस सभापति थापालाई हराउँदै रास्वपाका अमरेश कुमार सिंह विजयी

काठमाडौँ- नेपाली काँग्रेसका सभापति गगनकुमार थापा प्रतिनिधि सभा निर्वाचनमा पराजित हुनुभएको छ ।
उहाँ प्रतिश्पर्धा गर्नुभएको सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंहसँग पराजित हुनुभएको हो । रास्वपाका सिंहले ३५६८८ मत पाएर विजयी हुँदा सभापति थापाको २२८३१ मत प्राप्त गर्नुभएको थियो ।
५५ बर्षीय सिंहको यो तेश्रो जित हो । यसअघि उहाँ सोही क्षेत्रबाट पहिलो पटक नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएको थियो भने २०७९ मा स्वतन्त्रबाट निर्वाचित हुनु भएको थियो ।
स्वतन्त्र सांसदको रुपमा संसदमा पहिचान बनाउनुभएका सिंह यो निर्वाचनको केही समय अघि मात्र रास्वपामा प्रवेश गरेर निर्वाचनमा होमिनुभएको थियो ।
नेपाली काँग्रेसको नेतृत्वप्रति तिखो आलोचना गर्दै आउनुभएका सिंह काँग्रेसकै सभापति थापासँग प्रतिश्पर्धामा आएपछि चर्चामा आउनुभएको थियो ।
विद्याबारिधीसम्मको अध्ययन गर्नुभएका सिंह स्थानीयहरु माझ लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ ।।






प्रतिक्रिया राख्नुहोस्