सप्तरी-१ बाट रास्वपाकी पुष्पाकुमारी चौधरी विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सप्तरी-१ बाट रास्वपाकी पुष्पा कुमारी चौधरी निर्वाचित हुनुभएको छ ।

उहाँले ३८,१९५ मत प्राप्त गरी निर्वाचित  हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी स्वाभिमान पार्टीका सुमित कुमारले ७८४७ मत प्राप्त गर्नुभएको छ ।

सप्तरीको कञ्चनरूप नगरपालिकाकी पुष्पाकुमारी चौधरी २०४६ साल मंसिरमा जन्मिनु भएको हो।

थारु समुदायकी महिला अभियन्ता तथा स्वास्थ्य विज्ञका रूपमा चिनिनु हुने चौधरीको स्वास्थ्य क्षेत्रमा लामो अनुभव रहेको छ। विपन्न समुदायको उत्थान र स्वास्थ्य सेवाको पहुँच विस्तारमा उहाँ सक्रिय रूपमा लाग्दै आउनुभएको थियो ।

उहाँले वीर अस्पतालमा स्वास्थ्य सेवा, बिरामी सहजीकरण तथा सेवा व्यवस्थापनमा प्रत्यक्ष अनुभव हासिल गर्नुभएको छ। साथै, MSI Reproductive Choice मा Outreach Coordinator का रूपमा काम गर्दै महिला तथा परिवार स्वास्थ्य, स्वास्थ्य सेवाको पहुँच विस्तार, जनचेतना अभिवृद्धि र समुदायसँग प्रत्यक्ष समन्वय गर्ने काममा संलग्न रहनु भएको छ।

जनप्रतिनिधि तथा विधायिकासँग सम्बन्धित काममा पनि उहाँको अनुभव रहेको छ। नागरिकका चासो र समस्याहरू उठाउने, सरोकारवालासँग संवाद गर्ने तथा नीतिगत विषयमा अध्ययन र तयारी गर्ने भूमिकामा उहाँ सक्रिय रहनु भएको छ।

साथै, समुदायको आवाज संकलन गरी सम्बन्धित निकायसम्म पुर्‍याउने र समाधानतर्फ दबाब तथा सहजीकरण गर्ने कार्यशैली उहाँको विशेषता हो।

सार्वजनिक मुद्दा, नयाँ कानुन तथा नीतिहरूको अध्ययन गर्ने, समितिहरू र कार्यसमूहका लागि सिफारिस तयार गर्ने अनुभव पनि उहाँसँग रहेको छ।

सार्वजनिक कार्यक्रम तथा मिडिया प्लेटफर्ममार्फत नागरिकसँग जोडिने, आफ्ना कुरा स्पष्ट रूपमा राख्ने र विश्वास निर्माण गर्ने क्षमता उहाँमा देखिन्छ। उहाँले स्नाकोत्तर सम्मको अध्ययन गर्नुभएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.