सिराहा-२ बाट रास्वपाका शिव शंकर यादव विजयी

काठमाडौँ- प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिराहा-२ बाट शिव शंकर यादव विजयी हुनुभएको छ । उहाँले ३९५६१ मत ल्याएर निर्वाचित हुनु भएको हो ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामचन्द्र यादवले १२८१४ मत प्राप्त गर्नुभयो ।
सिराहाको सुखीपुर नगरपालिका, बिद्यानगरमा २०५२ सालमा जन्मिनु भएका शिवशंकर यादव ‘जेन-जी’ आन्दोलनबाट उदाएका ऊर्जाशील युवा नेता हुनुहुन्छ। उहाँले राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ।
जेन–जी आन्दोलनबाट उभिएको युवा नेतृत्वका रूपमा उहाँ समुदायका दैनिक समस्या र प्राथमिकतासँग नजिकबाट जोडिएको सामाजिक आधार भएको व्यक्तित्वका रूपमा चिनिनुहुन्छ।
शैक्षिक तथ्यमा आधारित बहस, नीतिगत बुझाइ तथा सार्वजनिक सेवा सुधारको दृष्टि लिएर अगाडि बढ्ने उहाँको पहिचान रहेको छ।।






प्रतिक्रिया राख्नुहोस्