सिराहा-३ बाट रास्वपाका शम्भुकुमार यादव विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सिराहा-३ बाट रास्वपाका शम्भुकुमार यादव विजयी हुनुभएको छ । उहाँले ३२२४९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लिलानाथ श्रेष्ठले १०१५६ मत प्राप्त गर्नुभएको छ ।

२०४१ सालमा जन्मिनु भएका शम्भुकुमार यादव पेशाले चिकित्सक हुनुहुन्छ। उहाँले Chancho University बाट M.B.B.S गर्नुभएको हो।

सिराहामा रहेर चिकित्सकीय अभ्यास गर्दै आउनु भएकाले यादवलाई स्थानीय स्वास्थ्य चुनौती, औषधिको पहुँच, प्राथमिक उपचार, रेफरल प्रणाली, एम्बुलेन्स तथा आपतकालीन सेवा जस्ता विषयको वास्तविक अवस्था राम्रोसँग थाहा छ ।

जनस्वास्थ्य, सेवा–प्रवाह (Service delivery) र मानवीय सरोकारलाई नीति र प्रतिनिधित्वसँग जोड्ने क्षमता उहाँसँग रहेको छ।

चिकित्सक र समाजसेवीका रूपमा उपचार, सेवा र समुदायको भरोसा एउटै व्यक्तित्वमा जोड्ने “सेवा गरेर चिनिने” पहिचान समेत उहाँले बनाउनु भएको छ।

प्राथमिक स्वास्थ्य केन्द्र सुदृढीकरण, औषधिको उपलब्धता सुनिश्चित गर्ने व्यवस्था, प्रभावकारी रेफरल प्रणाली तथा आपतकालीन सेवामा स्पष्ट मापदण्ड र जवाफदेहिता स्थापना गर्ने नीति र एजेन्डा उहाँले अघि सार्नुभएको छ।

साथै, अस्पताल तथा स्वास्थ्य संस्थामा लाइन व्यवस्थापन, पारदर्शी सेवा–मापदण्ड र गुनासा व्यवस्थापन प्रणाली लागू गर्ने ‘Delivery-focused’ नीति उहाँको प्रमुख प्राथमिकतामा रहेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.