बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गर्नु भएको छ ।
संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उहाँलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको हो ।

शाहको जन्म वि.सं. २०४६ साल माघ २५ गते काठमाडौँको नरदेवीमा भएको हो।
रास्वपा प्रवेश गर्नुपूर्व उहाँ २०७९ जेठदेखि २०८२ माघ ४ गतेसम्म काठमाडौँ महानगरपालिकाका मेयरको रूपमा कार्यरत रहनुभएको थियो।
शाह युवा माझ निकै लोकप्रिय हुनुहुन्छ।
उहाँ र्यापर, संगीत निर्माता, गीतकार, निर्देशक तथा इन्जिनियर पनि हुनुहुन्छ।
वि.सं. २०७२ सालको महाभूकम्पपछि उहाँले उद्धार तथा नक्सा निर्माण कार्यमा सक्रिय भूमिका खेल्नुभएको थियो।
र्यापरदेखि काठमाडौँ महानगरको मेयर हुँदै प्रधानमन्त्रीको यात्रामा शाह






प्रतिक्रिया राख्नुहोस्