समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त
धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन

काठमाडौँ- नेपाल सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले समितिको अध्यक्षमा आचार्य, सदस्यमा नवराज सिम्खडा र रोशन शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले विशेष सेवा ऐन २०४२ लाई शंशोधन गर्न बनेको विधेयक, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति समेत गठन गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।






प्रतिक्रिया राख्नुहोस्