संघीय संसदको दुवै सदनको अधिवेशन स्थगित

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनको अधिवेशन हाललाई स्थगित गर्नु भएको हो ।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद् को मिति २०८३/०१/०८ गतेको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो १४:०० बजे संघीय संसद भवन, सिंहदरबार मा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिएको थियो।
आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा विशेष कारणवश उक्त अधिवेशन हाललाई स्थगित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्