राष्ट्रपतिबाट तनहुँमा भानु साहित्य उद्यानको शिलान्यास

तनहुँ- राष्ट्रपति रामचन्द्र पौडेलले आज आदिकवि भानुभक्त आचार्यको जन्मभूमि तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण हुने ‘भानु साहित्य उद्यान’ को शिलान्यास गर्नुभएको छ ।

राष्ट्रपति पौडेल भानु साहित्य उद्यानको शिलान्यासका लागि आजै तनहुँको चुँदीरम्घा पुग्नुभएको हो ।

आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहितभानु साहित्य उद्यानको निर्माण गर्न लागिएको हो ।

आदिकविको जन्मगाँउ भानु नगरपालिका ४ मा भानु साहित्य उद्यान निर्माणको लागि चालु आर्थिक वर्षमा शहरी विकास मन्त्रालयले २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उक्त बजेटले भानु साहित्य उद्यानका शिखर कटेरी हूँदै रम्घा डाँडा सम्मको मोटर मार्ग स्तरोन्नती (कालोपत्र सहित), भानुको विशाल प्रतिमा निर्माण (५४ फुट) आदि भौतिक संरचनाको कार्य अघि बढाईने भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो ।

भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन गत पुस दोश्रो साताको भानु नगरपालिकाको कार्यपालिका बैठकद्वारा स्वीकृत गरिएको थियो ।

गुरुयोजना बमोजिम साहित्य उद्यानको पूर्णताको लागि करिव १ अर्बको लागत अनुमान गरिएको छ ।

यस उद्यानले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेले बताउनुभयो ।

राष्ट्रपति पौडेलकै विशेष परिकल्पना र पहलमा यो आयोजनाले मूर्त रूप लिन लागेको भानु नगरपालिकाका नगरप्रमुख त्रिपाठीले बताउनुभयो ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.