सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक कारोबार गर्ने सार्वजनिक निकाय बनाइने

काठमाडौँ- सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ ।

साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकका  निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस सम्बन्धीको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको जानकारी दिनु भयो ।

मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख आईजीमा नियुक्त गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसैबीच सरकारका प्रवक्ता पोखरेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान नहट्ने स्पष्ट पार्नु भएको छ  ।  सञ्चारकर्मीहरुको जिज्ञाशामा प्रवक्ता पोखरेलले त्रिवि खेल मैदान खाली गर्ने सरकारको कुनै उद्देश्य नभएको बताउनु भयो ।

यस विषयमा  त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग बैठक भएको थियो । खाली गराउने त्यस्तो कुनै उद्देश्य छैन । लिज सम्झौता सकिएको हुनाले त्यसलाई फेरि नयाँ ढङ्गले गर्नुपर्ने छ, त्यसैले सकारात्मक कुराकानी भएको छ । पोखरेलले भन्नुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.