दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं – सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई थुनामा राख्नुको कानुनी कारण खुलाएर बाटोको म्याद बाहेक २४ घण्टा भित्र अदालतमा उपस्थित गराउन आदेश’ जारी गरेको छ ।
व्यवसायी दीपक भट्टको पत्नी आयुष्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले आज सुनुवाई गर्दै यस्तो आदेश दिएको हो ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले भट्टलाई गैरकानुनी थुनामा राखिएको दाबीलाई गम्भीरतापूर्वक लिँदै विपक्षी निकायहरूलाई भट्टलाई थुनामा राख्नुपर्ने स्पष्ट कानुनी आधारसहित बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।







प्रतिक्रिया राख्नुहोस्