ओमानलाई ८१ रनले हराउँदै नेपाल विजयी

काठमाडौँ- आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ।

 त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको सिरिजको अन्तिम खेलमा ओमानलाई हराउँदै नेपाल विजयी भएको हो ।

नेपालले ओमानलाई ८१ रनले हरायो । नेपालको जितमा आसिफ शेखको ९४ रनगुल्सन झाको उत्कृष्ट बलिङ निर्णायक रह्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाललले ५९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो । नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै अलआउट भयो । नेपालका लागि गुल्सन झाले ५ विकेट लिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.