रास्वपाका सांसदहरु र मन्त्रीहरुबीच नयाँ कार्यक्रम र बजेट विनियोजनबारे छलफल

होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीमा मानसिक तनाव

काठमाडौँ- प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी बजेट विनियोजनका लागि सांसदहरुले मन्त्रालय चाहार्नु पर्ने अवस्था नआओस् भनेर सरोकारवाला मन्त्री र सांसदहरुबीच छलफल चलाएको छ ।

रास्वपाको संसदीय दलको कार्यालय सिंहदरवारमा आज सांसदहरुसँग दुई जना मन्त्रीहरुले छलफल गरेका छन । भौतिक योजना मन्त्रालय र अर्थ मन्त्रालयबाट विनियोजन गर्नुपर्ने बजेट र यसका प्राथमिकताका बारेमा सम्बन्धित मन्त्रीहरुसँग कुराकानी भएको रास्वपा सांसद राजिव खत्रीले जानकारी दिनुभयो ।

अर्थ मन्त्री डा स्वर्णिम वाग्ले र भौतिक योजना मन्त्री सुनिल लम्सालसँग रास्वपाका सांसदहरुले आज छलफल गरेका हुन ।

उहाँले आफ्नो क्षेत्रमा बजेट विनियोजन गर्न यसअघि मन्त्रालय धाउनुपर्ने अवस्था रहेको र त्यो अब नहोस् भन्नका लागि मन्त्रीहरुसँग सांसदहरुको सामुहिक छलफल भएको उल्लेख गर्नुभयो ।

एक अर्को प्रसंगमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै सांसद खत्रीले सुकुम्बासीहरु रहेका होल्डिङ सेन्टरमा खानपिन र बसोवासको राम्रो व्यवस्था भएपनि उनीहरुमा मानसिक तनाव देखिएको उल्लेख गर्नुभयो ।

विभिन्न होल्डिङ सेन्टरको अवलोकन गर्ने क्रममा  सुकुम्बासीहरुमा केटकेटीको पढाइ र आगामी वसोबासको बारेमा चिन्ता भएको उहाँको भनाइ थियो ।

उनीहरुलाई व्यवस्थित वसोबासको बन्दोबस्त गर्न सरकार लागि परेको पनि उहाँले उल्लेख गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.