यार्सा संकलन गर्न स्थानीय लेकतिर लागेपछि गाउँ नै सुनसान

रुकुम पुर्व- रुकुम पुर्वमा यार्सा गुम्बा संकलनको सिजन सुरु भएसँगै लेकाली भुभागका गाउँ सुनसान भएका छन् ।
हिमाली पाटनमा स्थानीय बासिन्दा ज्यानको जोखिम मोलेर यार्सा टिप्न हिँडेका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका-१ र  २ नम्बर वडाको संयुक्त भुगोलमा पाइने यार्सा नेपालकै उत्कृष्ट औषधिजन्य बनस्पति मानिन्छ ।
उत्पादन बर्सेनी घट्दै जाँदा आम्दानीमा कमी आएको स्थानीय बताउँछन् । कठिन भूगोल, मौसम, स्वास्थ्य जोखिम र व्यवस्थापन गर्न चुनौतीसँगै यार्सा संकलन मानिसहरु जाने गर्छन ।
सबै पाटनमा यार्सा टिप्न पुगेकाले गाउँ सुनसान छ । यही सिजनम टिपेको यार्साबाट उनीहरुको बर्षभरीको गुजारा चल्ने गर्छ ।
यार्सा टिप्न स्थानीय पुपाल पाटनमा गएका छन् । जीविकोपार्जनका लागि विकल्प नहुँदा उनीहरू ज्यान जोखिममा राखेरै यार्सा टिप्न पाटनतिर उक्लिन्छन् ।
यार्सा संकलन स्थानीयको हरेक वर्षको नियमित कामजस्तै बनेको छ । यार्सा टिप्न पाटन पुग्नेहरू कष्टकर भीरको बाटोमा हिउँ छिचोल्दै जानुपर्ने बाध्यता रहेको पुथा उत्तरगङ्गा गाउँपालिका–१ का कर्मशई घर्ती बताउनुहुन्छ ।
कम्तीमा ३ दिन अनकन्टार भीर-पहरा छिचोल्दै यार्सा टिप्ने ठाउँसम्म पुग्न सकिन्छ । कम उचाइबाट हिमाल पुग्दा लेक लागेर ज्यानै जाने डर हुन्छ ।
बसुन्जेललाई खानेकुरा र लुगाफाँटा लगायत करिव ४०-५० किलोको सामान बोकेर लगातार ३-४ दिन हिँड्दा विभिन्न स्वास्थ्य समस्या समेत आउने गरेको स्थानीय बताउँछन ।
यतिबेला मैकोट गाउँका कुनै पनि घरमा मानिस छैनन त्यसैले गाउँ नै सुनसान छ । यहाँका सबै घरमा ताला लगाएइएको छ ।
यार्सा संकलन गर्न १ र २ नम्बर वडाले मात्रै पाउँछन् । प्रवेश शुल्क प्रति व्यक्ति ३ हजार तिर्नुपर्छ ।
यार्सा संकलनकै लागि भनेर यहाँका विद्यालय पनि बन्द हुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.