इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

सुनसरी- सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–३ निवासी स्पत अर्याल र विराटनगरकै वडा नम्बर २ निवासी शाश्वत पोखरेल रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।
गएराति करिब ११ः५० बजे कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण तथा दुर्घटनाको परिस्थितिबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरीले जनाएको छ।।






प्रतिक्रिया राख्नुहोस्