भारतीय सहयोगमा कैलालीमा विद्यालय भवन बन्दै

कैलाली – कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका- १२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयको नयाँ भवन निर्माण प्रक्रिया सुरु भएको छ ।

काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले आइतबार एक समारोहका बिच उक्त विद्यालय भवनको शिलान्यास गर्नुभयो।

भारत सरकारको करिब ३ करोड ६० लाख रुपैयाँ आर्थिक सहयोगमा यो भवन निर्माण हुन लागेको हो । यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत धनगढी उप-महानगरपालिकामार्फत कार्यान्वयन गरिने भारतीय राजदूतावासले जनाएको छ ।

शिलान्यास समारोहमा धनगढी उप-महानगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो । नयाँ संरचना निर्माण भएपछि विद्यालयका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइको वातावरण थप सुदृढ र प्रभावकारी बन्ने विश्वास उहाहरूले व्यक्त गर्नुभयो।

नजिकको छिमेकीका रूपमा भारत र नेपालबिच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गरी समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएको छ र यो परियोजना त्यसैको एक हिस्सा भएको राजदूतावासले उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.