विपक्षीहरुको अबरोधपछि १५ मिनेटका लागि बैठक स्थगित

काठमाडौँ- विपक्षीहरुको विरोधपछि प्रतिनिधि सभाको बैठक केहीवेरका लागि स्थगित गरिएको छ।

प्रमुख प्रतिपक्षी दललगायतका अरु  विपक्षी दलहरुले बैठकमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै विरोध गरेपछि बैठक स्थगित भएको हो  ।

सभामुख डिपी अर्यालले पटक पटक आग्रह गरेर बैठक संचालन गर्न भने पनि प्रतिपक्षी दलहरु नमानेपछि संसदको बैठक अहिले १५ मिनेटको लागि भनेर स्थगित भएको छ।

यसअघि प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले केहीबेर बैठक स्थगित गरेर समस्याको समाधान निकाल्न सुझाव दिनुभएको थियो ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्रीले सांसदरुले सरकारको नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नहरुको जवाफ दिनुहुने कार्यक्रम थियो तर अन्तिम समयमा आएर प्रधानमन्त्री नआउने र उहाँको सट्टा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिने भनेपछि विपक्षी दलहरुले असहमति जनाएका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.