‘हिट स्ट्रोक’ का कारण ७ जना सशस्त्र प्रहरी जवान बेहोस

कैलाली- कैलालीको टिकापुरमा सशस्त्र प्रहरी बल उग्रतारा गण, भन्सार राजस्व तथा औद्योगिक तालिम केन्द्रमा नियमित दौडका क्रममा सात जना प्रहरी जवान बेहोस भएका छन् ।
आज बिहान ६ बजे नियमित दौडका क्रममा बेहोस भएका सातै जनालाई तत्काल टीकापुर अस्पतालमा लगिएको थियो ।
‘हिट स्ट्रोक’ का कारण उनीहरू बेहोस भएको प्रारम्भिक अनुमान गरिएको छ । टीकापुर क्षेत्रमा पछिल्ला केही दिनयता अत्यधिक गर्मी बढेको छ ।
दिउँसो तापक्रम ४० डिग्री सेल्सियस आसपास पुग्ने गरेको छ ।।






प्रतिक्रिया राख्नुहोस्