प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ- विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारको संसद् बैठकमा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको अभिव्यक्ति सदनमा आएर फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान राख्दै विपक्षी दलहरुले संसदमा अवरोध जारी राखेपछि बैठक प्रभावित हो ।
विपक्षीदलहरुले प्रधानमन्त्रीले माफी माग्नुपर्ने र प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेका छन् ।






प्रतिक्रिया राख्नुहोस्