उच्च राजनीतिक चासोमा रास्वपा सभापति लामिछानेको भारत भ्रमण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतको नयाँ दिल्ली पुग्नुभएको छ।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा जानुभएका लामिछानेलाई नयाँ दिल्लीस्थित विमानस्थलमा भाजपा राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंहले स्वागत गर्नुभएको थियो।

लामिछानेको भ्रमणका क्रममा भारतीय राजनीतिक नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता हुने कार्यक्रम रहेको बताइएको छ। भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, लोकतान्त्रिक अभ्यास, राजनीतिक सहकार्य तथा क्षेत्रीय चासोका विषयमा छलफल हुन सक्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले हिजो मात्र संसदमा नेपालले पनि केही स्थानमा भारतको भूमि मिचेको अवस्था रहेको भनि दिएको अभिव्यक्ति दिएपछि नेपालमा राजनीतिक बहस र तरंग सिर्जना भइरहेको बेला लामिछानेको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

कालापानी–लिपुलेक सीमा विवाद तथा सीमा सम्बन्धी विषय पुनः राजनीतिक बहसको केन्द्रमा रहेका बेला सरकारको नेतृत्व गरेका दलको सभापतिको  भारत भ्रमणले कूटनीतिक तथा राजनीतिक वृत्तमा थप चासो बढाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.